२५ औं आदर्श कपको तयारी पूरा, गण्डकीका ८ टिम भिड्दै
उपधि राशी ४ लाख २५ हजार ५ सय २५ रुपैयाँ
पाेखरा | मंसिर १९, २०८१
पोखरा: लेखनाथको भण्ढारढिकमा ६ वर्षपछि आयोजना हुन लागेको २५ औं सस्करणको आदर्श कपको सम्पूर्ण तयारी पुरा भएको छ ।
आदर्श युवा क्लबले पोखरामा आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गर्दै सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
क्लबका अध्यक्षले ‘निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल विकास हाम्रो दृढता’ भन्ने नारासहित भण्ढारढिकमा आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको बताए ।
उनले उद्घाटन खेलमा आयोजक र एन्फा तनहुँ भिड्ने जानकारी दिए ।
उनका अनुुसार गण्डकी प्रदेशका कुल ८ टिमको सहभागिता रहने सो प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । भने, प्रतियोगितामा हरेक खेलबाट म्यान अफ द म्याच हुने खेलाडीलाई नगद रु ५ हजारले पुरस्कृत गरिनेछ ।
प्रतियोगितामा प्रवेश शुल्क सेमिफाइनलसम्म सय रुपैयाँ र त्यसपछि नगद रु १ सय ५० निर्धारण गरिएको आयोजकले जनाएको छ ।
सो प्रतियोगितालाई शौर्य सिमेन्ट इन्डष्ट्रिज प्रालिले मुख्य प्रायोजन गरको छ ।
कसको खेल कति गते ?
कुल ८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको उद्घाटन खेलमा आयोजक एवाइसी र एन्फा तनहुँ भिड्ने छन् ।
उक्त खेल दिनको १ बजे सुरु हुनेछ ।
यस्तै दोस्रो खेल नेपाल सिद्धिदल गण पश्चिम पृतना हेक्वा र सशस्त्र प्रहरी बल गण्डकी मुख्यालयबीच हुनेछ ।

यस्तै २४ गते कास्की ११ र एन्फा स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ । २५ गते नेपाली प्रहरी गण्डकी प्रदेश र एन्फा गोरखा भिड्नेछन् ।
२६ गते पहिलो सेमिफाइनल र २७ गते दोस्रो सेमिफाइनल खेल हुनेछ । फाइनल भने, २९ गते दिउँसो १ बजे सञ्चानल गरिने आयोजकले जनाएको छ ।
यो पनि पढ्नुहोस
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...



